Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोशी प्रदेशको नेतृत्वमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

    कोशी प्रदेशको नेतृत्वमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज अपरान्ह बैठक बस्न लागेको हो ।

    बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल हुने बताईएको छ । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।



    संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ। ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।



    केन्द्रीय सत्ता गठबन्धन सम्बद्ध जसपाले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन नहुन्जेल कुनै पनि दललाई सरकार गठनका लागि समर्थन नगर्ने अडानमा लिएको छ । साथै सरकारको नेतृत्व कांग्रेस र माओवादीमध्ये पहिले कसले गर्ने भनेर विवाद छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार