Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संसद खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग छलफल गर्ने

    संसद खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग छलफल गर्ने

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 621
    SHARES

    काठमाडौं । संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।

    बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसद्को गतिरोध खुलाउने विषयमा छलफल भएको हो।



    संसदको जारी अवरोध खुलाउन गठबन्धनले एमालेसहितका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।



    गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार