Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोशी सरकार गठनबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

    कोशी सरकार गठनबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 810
    SHARES

    काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन् ।



    सर्वोच्चको अदालतको आदेशसँगै कांग्रेसका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार दुई दलका शीर्ष नेताबीच छलफल भएको हो ।



    सरकार गठनका लागि ९३ सदस्यीय कोशी प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक हुन्छ तर गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

    शनिबारको छलफलमा कोशीमा नयाँ सरकार गठनबारे विभिन्न विकल्पमा छलफल भएको जनाईएको छ । राप्रपालाई विश्वासमा लिने, सभामुख बाबुराम गौतमले राजीनामा दिनेलगायतका विकल्पमा पनि शीर्ष नेताबीच छलफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार