Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोशी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित

    कोशी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 228
    SHARES

    विराटनगर । कोशी प्रदेशसभाको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।

    मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको हो ।



    उक्त प्रस्तावको पक्षमा ५२ सांसदले मत दिए भने विपक्षमा रहेका प्रदेशसभा सांसदहरुले मत दिन चाहेनन् ।



    एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की अल्पमतमा रहेकाले उनलाई विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्नेलगायतका विभिन्न मागसहित संकल्प प्रस्ताव राखेका थिए ।

    उक्त प्रस्तावलाई एमालेका किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका गणेश उप्रेतीले समर्थन गरेका थिए ।

    सभामुख अम्बरबहादुर विष्टले सङ्कल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुनुको औचित्य सकिएको भन्दै अधिवेशन अन्त्य भएको घोषणा पनि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार