Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कोशीका प्रदेश प्रमुख खापुङ्गले बोलाए वैशाख ६ गते विशेष अधिवेशन

    कोशीका प्रदेश प्रमुख खापुङ्गले बोलाए वैशाख ६ गते विशेष अधिवेशन

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 342
    SHARES

    विराटनगर । कोशी प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ।

    प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेका हुन्।



    २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए ।



    सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।

    दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले ६ बैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

    एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन सोमबार फिर्ता लिएका थिए भने माओवादी मन्त्रीले पदबाट राजीनामा दिएका थिए।

    विशेष अधिवेशनमा मुख्यमन्त्री अल्पमतमा पर्ने र उनले कि राजीनामा कि विश्वासको मत लिने अपेक्षा गठबन्धनको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार