Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोशीका मुख्यमन्त्री कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने

    कोशीका मुख्यमन्त्री कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 321
    SHARES

    विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशसभामा दर्ता गराएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ।

    कोशीका मुख्यमन्त्री केदार कार्कीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने सङ्कल्प प्रस्ताव प्रदेशसभाबाट पारित पारित भएको हो।



    प्रदेश सभाको शुक्रवारको बैठकले उक्त बैठक पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।



    विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयारी थाल्न प्रदेश प्रमुखले आह्वान गर्ने बताइएको छ ।

    प्रस्ताव पारित हुनुअघि उक्त प्रस्तावमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेक्रममा मुख्यमन्त्री कार्कीले आफूले ‘रिस्क’ लिएकै कारण कोशी प्रदेशमा संवैधानिक सङ्कट टरेको दाबी गरे ।

    संविधानको धाराअनुसार सरकार चल्ने र आफू त्यसभन्दा पर नजाने बताउँदै कार्कीले राजनीतिक स्थिरताको लागि प्रदेशको संरचना बढाउन सर्वसम्मतिको सर्वदलीय सरकार बनाउन पनि आह्वान गरे ।

    प्रस्तावमाथिको छलफलपछि मत विभाजनमा प्रस्ताव ५२ मतसहित पारित हुँदा विपक्षमा भने कसैले मत दिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना सांसद तटस्थ रह । ध्वनिमतबाट प्रस्ताव पारित भइसकेपछि भने विपक्षमा रहेका प्रदेश सभा सदस्यहरूले मतदानबाट मत विभाजनको माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार