Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कोशी प्रदेशसभामा परिमार्जनसहितको संकल्प प्रस्ताव लैजाने सहमति

    कोशी प्रदेशसभामा परिमार्जनसहितको संकल्प प्रस्ताव लैजाने सहमति

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 393
    SHARES

    विराटनगर । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोसी प्रदेशसभामा परिमार्जनसहितको संकल्प प्रस्ताव सदनमा पेस गर्ने सहमति भएको छ ।

    यसबारे बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भएको हो ।



    एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस हुनेछ ।



    एमाले–माओवादीले वैशाख ३ गते प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

    कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार