Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 723
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरू भएको हो।



    बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल हुने बताईएको छ । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादीका वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र श्रममन्त्री शरतसिंह भण्डारी सहभागी छन्।

    बैठकमा समसमायिक विषयबस्तुमाथि छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार