Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अहमदाबाद सिरियल ब्लास्ट: ४९ दोषीमध्ये ३८ जनालाई फाँसी, ११ जनालाई जन्मकैद

    अहमदाबाद सिरियल ब्लास्ट: ४९ दोषीमध्ये ३८ जनालाई फाँसी, ११ जनालाई जन्मकैद

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । भारतको विशेष अदालतले सन् २००८ मा अहमदाबादमा भएको श्रृङ्खलाबद्ध विस्फोटको सुनुवाइ गर्दै ऐतिहासिक फैसला सुनाएको छ ।

    भारतीय संचारमाध्यम एएनआईका अनुसार शुक्रबार मुद्दाको सुनुवाइ गर्दै अदालतले ४९ दोषीमध्ये ३८ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । भने बाँकी ११ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।



    २००८ अहमदाबाद श्रृङ्खलाबद्ध विस्फोटहरूमा ५६ जनाको मृत्यु भएको थियो भने लगभग २०० जना घाइते भएका थिए।




    अहमदाबाद सिरियल ब्लास्ट

    सन् २००८ जुलाई २६का दिन गुजरातको अहमदाबाद सहरमा ७० मिनेटभित्रै एकपछि अर्को २१ वटा बम विष्फोट भएका थिए । जसमा ५६ जनाको ज्यान गएको थियो र २०० भन्दा बढी मानिसहरू घाइते भएका थिए।

    उक्त घटनाको इन्डियन मुजाहिद्दीन र हरकत-उल-जिहाद-अल-इस्लामी नामक चरमपन्थी संगठनले यी विस्फोटको जिम्मेवारी लिएको थियो।

    गुजरात एटीएस (एन्टी टेररिस्ट स्क्वाड) ले विस्फोटका संदिग्ध मुफ्ती अबु बशीरसहित नौ जनालाई पक्राउ गरेको थियो । सन् २०१६ मा झण्डै आठ वर्षपछि विस्फोटका अर्का आरोपी नासिर रंगरेज पनि पक्राउ परेका थिए ।

    विस्फोट लगत्तै गुजरातको सुरेन्द्रनगर जिल्लाबाट हुसेन इब्राहिम, हेल मोहम्मद र अब्दुल कादिरसहित तीन जनालाई पक्राउ गरिएको थियो।

    यी विष्फोटहरूको सम्बन्धमा दायर गरिएको आरोपपत्रमा सिमीका मुफ्ती बशर, सफदर मंसूरी र सफदर नागोरी बाहेक ५० जनालाई आरोपी राखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार