Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • लागुपदार्थ तस्करीको आरोपमा इरानमा ९ जनालाई फाँसी

    लागुपदार्थ तस्करीको आरोपमा इरानमा ९ जनालाई फाँसी

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 642
    SHARES

    एजेन्सी । इरानले हालका दिनमा लागुपदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मङ्गलवार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक हो ।

    आधिकारिक आईआरएनए समाचार समितिका अनुसार हेरोइन र अफिम खरिद गर्ने तथा ओसारपसार गरेको अभियोगमा उत्तरपश्चिमी प्रान्त अर्दबिलको एक कारागारमा तीन जनालाई फाँसी दिइएको छ ।



    अन्य ६ जनालाई मेथामफेटामाइन, हेरोइन र भाङ तस्करी गरेको आरोपमा छुट्टाछुट्टै फाँसी दिइएको छ ।



    इरान, अफगानिस्तान र युरोपबीचको प्रमुख अफिम तस्करी मार्गमा अवस्थित छ र घरेलु अफिमको प्रयोग दर विश्वमा सबैभन्दा धेरै छ ।

    सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घ कार्यालय अन ड्रग्स एन्ड क्राइम (यूएनओडीसी) ले उद्धृत गरेको आँकडाले इरानमा २८ लाख मानिसमा लागु पदार्थको समस्या रहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार