Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले लिए शपथ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष हमाललाई पदभार ग्रहण गराएका हुन् ।

अर्थमन्त्री शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नवनियुक्त अध्यक्ष हमाललाई आग्रह गरेका छन् ।

मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् ।

यस्तै नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077