Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतबाट विषादीयुक्त फलफूल तथा तरकारी आउने गरेको खुलासा

    भारतबाट विषादीयुक्त फलफूल तथा तरकारी आउने गरेको खुलासा

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छ वटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो ।

    नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकुु, तथा आलुको छ वटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ। यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने विषादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।



    विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको दोस्रो त्रैमासिक तथा अर्धवाषिक प्रगति विवरण सार्वजनिक गर्दै सोबारेमा जानकारी गराएको हो।



    गएको कात्तिक १ गतेदेखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार