Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आयातित तरकारीको विषादी परीक्षण गर्ने सरकारको निर्णय

    आयातित तरकारीको विषादी परीक्षण गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 678
    SHARES

    काठमाडौं । सरकारले भारतबाट आउने तरकारीलगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयातित तथा उत्पादित खाद्य पदार्थमा विषादीको सीमा निर्धारण गर्ने निर्णय गरेको हो ।



    सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले भनिन्, ‘आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने भन्ने विषय हाम्रो समितिमा गएको थियो, समितिबाट आएर आज मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।’



    यस्तै मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यको नियुक्तिलाई सदर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार