Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज छैटौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज छैटौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

२०१५ साल फागुन ७ गते नेपाली नागरिकले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

निर्वाचन आयोगले २०७३ सालदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो स्थानीय तह चुनावमा स्वतःस्फूर्त सक्रिय एवम् उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन् ।

सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077