Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • गठबन्धनको बैठक आज पनि बस्दै, एमसीसीबारे ‘निर्णायक’ छलफल हुने

    गठबन्धनको बैठक आज पनि बस्दै, एमसीसीबारे ‘निर्णायक’ छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । एमसीसीको टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान १० बजे बैठक बस्न लागेको हो ।

    एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक पटक बसेका बैठक निष्कर्षविहिन भएपछि आज हुने बैठक निर्णायक मानिएको छ ।



    यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।



    एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदनमा सहमति नजनाउने तर संसदमा टेबुल गरेर छलफल गर्न भने विरोध नगर्ने निष्कर्ष निकालेको छ ।

    जसपाले ठोस निर्णय लिन सकेको छैन । एमसीसीले दिएको समयसीमा फागुन १६ गते नजिकिदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट पारित गराउन दबाबमा छन् । आज दिउँसो प्रतिनिधिसभा बैठक बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार