Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बन्धक बनाएर विवाहित महिला रातभर बलात्कृत

काठमाडौं । बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन्।  मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्।

महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ।आरोपित ती व्यक्ति फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अुनसन्धानमै छौं,' उनले भने ।

गत माघ २४ गते मेलौल नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार वर्षीया छोरीको बालपोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली नगरपालिका–१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन्। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077