Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • न्याय सेवा आयोगको बैठक आज बस्दै, कर्मचारीहरुको सरुवा, बढुवाबारे छलफल हुने

    न्याय सेवा आयोगको बैठक आज बस्दै, कर्मचारीहरुको सरुवा, बढुवाबारे छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले बोलाएको न्याय सेवा आयोगको बैठक आज बस्दै छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्कीले आयोगको बैठक बोलाएका हुन् । गत असोजपछि आजै आयोगको औपचारिक बैठक बस्न लागेको हो ।



    बैठकमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।



    न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार