Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीविरुद्धको आन्दोलन: प्रहरीको गोली छेक्दै प्रदर्शनकारीले फ्याँके ढुंगा

काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबल भएपछि आन्दोलनकारी र प्रहरीबीच थप झडप भएको छ ।

दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र निकै तनावग्रस्त बनेको छ ।

आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि भन्दै प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । जवाफमा प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।

एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई यसअघि पनि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेको थियो ।

यस क्रममा केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् ।

[insert page='116415' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077