Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालिका जबरजस्ती करणीमा सबइन्जिनियर पक्राउ

चितवन । बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी ६ वर्षीयालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेल शनिबार पक्राउ परेका हुन्।

पौडेललाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जानकारी उनले दिए । बालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिएकी हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिका-२९ मा सब-इञ्जिनीयर पदमा कार्यरत रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077