Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विवाद र विरोधका बीच जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेको माओवादीको आरोप

    विवाद र विरोधका बीच जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेको माओवादीको आरोप

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभामा एमसीसी सम्झौता पेस भएको घटनाप्रति नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    माओवादी प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनमा आफ्नो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले विवाद र विरोधका बीच जबर्जस्ती एमसिसी सम्झौता अघि बढाउन खोजेको आरोप लगाएका छन् ।



    यससम्बन्धमा आफ्नो पार्टीले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरेको उनको दाबी छ ।



    यस्तै एमसीसीविरुद्ध सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको निन्दासमेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार