Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आफूलाई रक्सी खुवाई एमाले प्रवेश गराइएको माओवादी नेता नेपालीको आरोप

डोटी । डोटीस्थित आदर्श गाउँपालिकाका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् ।

नेता नेपालीले गत शनिबार एक विज्ञप्ति जारी गर्दै आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको दाबी गरेका हुन्।

'६ फागुनमा आदर्श गाउँपालिकामा मलाई एमालेको कार्यक्रममा एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएका हुन्,' नेपालीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077