Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

झन्डै एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई विदेशी नागरिक पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो (९३६ ग्राम) सुनसहित दुई जना विदेशी नागरिकहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा एक बंगलादेशी र एक भारतीय नागरिक क्रमश: महमद टफिक उल्लाह र पारसनाथ साह रहेका छन् । पक्राउ पर्नेहरुमथ्ये बंगलादेशका महमद सोमबार हिमालय एयरलाईन्सको उडान नं. H9566 द्वारा दुबईबाट काठमाडौँ आएका थिए।

विमानस्थलस्थित प्रहरी कार्यालयले दिएको जानकारी अनुसार महमदले विदेशबाट आउँदा आफूले लगाएको पाईन्टमा फल्स बटम बनाई मेटल डिटेक्टरले डिटेक्ट गर्न नसक्ने बनाएको बेलना आकारको अर्धठोस सुन थान-२ गरी कुल तौल ९३६-  ग्राम अन्दाजी मुल्य  सतहत्तर लाख उन्नाईस हजार छ सय साठी मात्र वरावरको सुन बरामद गरिएको हो।

बरामद सुनपछिको बयानका क्रममा महमदले भारतीय नागरिक पारसको योजना अनुरुप भित्र्याएको बताए। प्रहरीका अनसार पारस बरामद सुन संकलन गर्न आउँदा पक्राउ परेका हुन्।

उनीहरु दुबैलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077