Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नामाकरणको विषय टुंग्याउन प्रदेश १ मा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रदेश १ मा नामाकरणको विषय टुंग्याउन प्रदेश सरकारले आज सर्वदलीय बैठक आह्वान गरेको छ। मुलुकका अन्य ६ वटा प्रदेशले नाम र राजधानी पाइसक्दा पनि प्रदेश १ को भने हालसम्म नाम टुंगो लाग्न सकेको छैन् ।

राजधानी मात्रै पाएको प्रदेश अझैसम्म नामको पर्खाइमा छ। बैठकमा प्रदेशको नामका विषयमा घनिभूत छलफल हुने बताइएको छ।

नामको विषय टुंगोमा पुर्‍याउनलाई प्रदेश मन्त्रिपरिषद् बैठकले गत माघ १६ गते तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई समन्वय एवं सहजीकरणको जिम्मा दिएको थियो।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजेपछि हुने छलफलमा प्रदेशका ५ पार्टीका नेताहरुको सहभागीता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077