Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरानको जंगलमा जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत, हत्यामा श्रीमतीकै संलग्नता !

धरान । धरान-भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत भएको छ ।

गत बिहीबार फागुन ४ गते बुधबार बेलुका जेब्रा झोलाभित्र टाउको र खुट्टा भेटिएको थियो। त्यसको भोलिपल्ट झोला भेटिएको अलिपर अर्को झोलामा शरीर भेटिएको थियो। शव भेटिएकाे एक सातापछि सनाखत भएको हाे ।

[insert page='115790' display='yopanipadhnuhos.php']

धरान प्रहरीका अनुसार उक्त शव झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दीपक सिग्देलको अनुसन्धानमा खुल्न आएको छ । सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए ।

काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी स्रोतको भनाइ छ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077