Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डले भने- शेरबहादुर जीसँग भेट नभएको तीन दिन भयो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पारेका छन्।

बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच खुमलटारमा भेटवार्ता भएको भन्ने समाचार सार्वजनिक भएको थियो । उक्त समाचारको खण्डन गर्दै प्रचण्डले देउवासँग भेट नभएको स्पष्ट पारेका हुन्।

तर, अध्यक्ष प्रचण्डले तीन दिनअघि प्रधानमन्त्रीसँग कुराकानी भएको स्वीकार्दै भने, 'मेरो प्रधानमन्त्री शेरबहादुर देउवा जीसँग कुनै छलफल भएकै छैन, बरु आज बिहान गृहमन्त्री बालकृष्ण खाँण खुमलटार आउनुभएको थियो । उहाँसँग कुराकानी भयो।

बुधबार माओवादीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरेर बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भने तत्काल प्रतिक्रान्तिको अवस्था छैन, तर गठबन्धन टुटाउने र सरकार ढाल्ने प्रयास भइरहेको बताए ।

'अहिले गठबन्धन टुटाउने र सरकार ढाल्ने प्रयास भइरहेको छ नि । तर, तत्काल प्रतिक्रान्ति हुने वा भइसकेको अवस्था भने होइन,’ उनले भने, ‘मेरोतर्फबाट ट्विट भएको छैन ।’

प्रचण्डको ह्यान्डिलबाट बुधबार बिहान एउटा स्टाटस सार्वजनिक भएको थियो । जसमा सत्ता पल्टाउने र प्रतिक्रान्तिको अवस्था आएको उल्लेख गरिएको थियो । साथै, क्रान्तिकारी शक्तिको अन्तिममा जित हुने दाबी थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077