Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमसीसी विवाद : नयाँ बानेश्वर वरपरको सुरक्षा व्यवस्था कडा, काँडेतारले घेरियो संसद भवन

    एमसीसी विवाद : नयाँ बानेश्वर वरपरको सुरक्षा व्यवस्था कडा, काँडेतारले घेरियो संसद भवन

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । संसदमा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे बिहीबारबाट संसदमा छलफल सुरु हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    विभिन्न दल र समूहको सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै सरकारले संसद भवन नयाँ बानेश्वर वरपरको सुरक्षा व्यवस्था कडा पारेको हो । आन्दोलनका कारण क्षति हुन नदिन संसद भवन नयाँ बानेश्वर काँडेतारले बेरिएको छ ।



    एमसिसी संसदमा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठन आन्दोलनमा उत्रिएका छन् ।



    उनीहरुले बिहीबारबाट आन्दोलन अझै चर्काउने घोषणा गरेका छन् । यस्तै नेत्र विक्रम चन्द नेतृत्वको नेकपासहित ६ वटा दलले पनि आन्दोलन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार