Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कञ्चनपुरमा गाउँ पसेको जङ्गली हात्ती मृत फेला

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अमरैयामा एक जङ्गली हात्ती आज दिउँसो मृतावस्थामा फेला परेको छ ।

कुण्डा सबडिभिजन वन कार्यालय पचकडीयाका सहायक वन अधिकृत दिनेशकुमार यादवकाअनुसार दोदा नदी नजिकैको खल्लास्थित स्थानीय किसानको उखु बारीभित्र जङ्गली वयस्क हात्ती मृतावस्थामा फेला परेको हो ।

तीन दिन अघिदेखि हात्ती यस क्षेत्रमा निरन्तररूपमा देखिँदै आएको थियो । स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीले हात्तीलाई लालझाडी संरक्षण क्षेत्रतर्फ फर्काउने प्रयास गर्दासमेत फर्केको थिएन ।

हात्तीको के कति कारणले मृत्यु भएको भन्नेबारे भेटेरिनरी चिकित्सकले जाँच गरेपश्चात् मात्रै थाहा हुने उनले बताए ।

मृतावस्थामा फेला परेको हात्तीको वन कार्यालयका कर्मचारी र प्रहरीको टोलीले संयुक्तरूपमा घटनास्थलको मुचुल्का तयार गरेका छन । मृत हात्तीको उमेर करिब १० वर्ष रहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077