Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रक्तश्राव भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । सङ्खुवासभाबाट रक्तश्राव भएपछि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

२४ हप्ताको गर्भ रहेकी भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकाकी १७ वर्षीया पेमा ल्हामु च्यावाको आज बुधवार हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उनलाई उद्धार गरेर काठमाडौं ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077