Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पल र समीक्षाका कारण कलाकारिता क्षेत्रकै नाक काटियो: गायक शिव परियार

काठमाडौँ । चर्चित गायक शिव परियारले अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीचको प्रेम विवादलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्।

बुधबार गायिका अधिकारीले आफूलाई अभिनेता शाहले बिहेको प्रलोभन देखाएर फकाएर जबरजस्ती करणी गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन्। यता, अभिनेता शाहले भने आफूलाई आफ्नै साथीहरुले फसाउन षडयन्त्र गरेको भन्दै ६ वटा अडियो प्रमाणसहित सार्वजनिक गरेका छन्।

उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको उल्लेख समेत गरेका छन् । सोही बिषयलाई लिएर गायक परियारले सामाजिक संजालमा आफ्नो धारणा राख्दै उक्त घटनाले समग्र कलाकारकै नाक काटिएको बताएका छन्।

'घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला | तर समग्रमा भन्दा यो सारा कुराले चैं समाजको नजरमा हाम्रो संगीत उधोग र चलचित्र उधोग र तपाँई हामी समग्र कलाकारकै नाक काटिएको छ है,' परियारले लेखेका छन्।

यस्तै, नाच्ने गाउने कलालाई समाजले नराम्रो भन्दै आएका थिए,' परियारले भनेका छन्, पल र समीक्षाले झनै पुष्टि गरेका छन्, यसलाई नराम्रो साबित गरेर उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077