Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमसीसीविरुद्धको प्रदर्शन: प्रहरीको गोली लागेर घाइते भएका हेमराजको अवस्था गम्भीर

काठमाडौं। अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा गम्भीर घाइते भएका हेमराज अवस्थीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

बिहीबार काठमाडौंको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा डडेलधुराका २६ बर्षीय हेमराज गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नहुने भएपछि ट्रमा सेन्टरमा रिफर गरिएको थियो ।

अहिले उनलाई थप उपचारको लागि काठमाडौँको न्युरो अस्पताल लगिएको बताइएको छ।

बानेश्वरमा एमसीसीविरुद्धको आन्दोलनले हिंसात्मक हुँदै गएपछि प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

त्यस्तै, प्रहरीमाथि ढुंगा प्रहार गर्नेहरुमाथि पनि प्रहरीले लठी प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077