Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • महामन्त्री गगन थापाले भने-‘अहिलेको सत्ता गठबन्धनबाट पार लाग्ने अवस्था छैन’

    महामन्त्री गगन थापाले भने-‘अहिलेको सत्ता गठबन्धनबाट पार लाग्ने अवस्था छैन’

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको दावी गरेका छन् ।

    बिहीवार बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले सत्ता गठबन्धन धरापमा परेकाले गठबन्धन अघि बढ्ने अवस्थामा नरहेको स्पष्ट पारे। महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धनबाट पार नलाग्ने भएकाले गठबन्धनको सम्बन्धमा थप छलफल गरिराख्नु नपर्ने जानकारी दिए ।



    महामन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) लाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको कुरा राख्नु भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार