Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसद बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

    संसद बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ ।

    शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।



    यसअघि बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।आजको बैठकमा एमसीसीमाथि छलफल गरियोस् भन्दै प्रस्ताव पेस हुने कार्यसूचीमा उल्लेख गरिएको थियो ।



    गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन गर्ने बताइएको थियो।

    अब अर्को बैठक पर्सी आइतबार १५ फागुनमा बस्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार