Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • खुमलटार वार्ता:

    पार्टीका सबै सांसदहरु एमसीसीको विपक्षमा उभिने माओवादीको निर्णय

    पार्टीका सबै सांसदहरु एमसीसीको विपक्षमा उभिने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 909
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्ता साझेधार नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ।

    शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले गठबन्धन जोगाएर एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।



    प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा उपस्थित निवर्तमान स्थायी समिति सदस्यहरुको बैठकले एमसीसीको विषयमा विपक्षमा उभिने निर्णय गरेको छ। बैठकले सकेसम्म गठबन्धन जोगाउने र नजोगिएको खण्डमा सडक आन्दोलन गर्ने समेत निर्णय गरेको मल्लको भनाइ छ।



    यस्तै, बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादका विषयमा समेत बिफ्रिङ गरेका थिए। बैठकमा बोल्ने अधिकांश नेताहरुले गठबन्धनभन्दा तत्काल एमसीसीको विपक्षमा उभिएर जान सुझाव दिएका थिए।

    छलफलमा अध्यक्ष  ‘प्रचण्ड’सहितका माओवादीका नेताहरुको सहभागीता रहेको थियो । माओवादी केन्द्र सरकारमा पनि बस्ने र एमसीसीको विपक्षमा पनि उभिने भन्दै पछिल्लो समय निकै आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार