Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • संकटमा प्रचण्ड सरकार, नेताहरूबीच विकल्पमा छलफल

    संकटमा प्रचण्ड सरकार, नेताहरूबीच विकल्पमा छलफल

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 2.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारको विकल्पमा छलफल थालेको हो सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग मिलेर कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजेको हो ।



    गत २१ फागुनमा प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए । त्यसअघि एमालेसँग मिलेर प्रधानमन्त्री बनेका ३२ सिटे माओवादी अध्यक्ष प्रचण्ड एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग मिल्न पुगेका थिए ।



    पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले गठबन्धन हेराफेरी गर्न थालेपछि राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

    कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य थाले पनि कुनै ठोस निष्कर्ष आउन भने सकेको छैन । स्रोतका अनुसार कांग्रेस र एमाले नेताहरूबीच प्रचण्ड नेतृत्वको सरकारको विकल्पमा छलफल भएको छ ।

    कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवालीबीच यस विषयमा केही दिनअघि छलफल भएको बताइएको छ । छलफललाई निरन्तरता दिनेमा दुवै दलका नेताहरू सहमत भएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार