Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी आजै पारित गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता आजै पारित गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको संयुक्त बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

यसअघि एमसीसीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर, समय नभएको भन्दै आजै पारित गर्ने निर्णय गरिएको पौडेलले बताए ।

सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउनकै लागि भए पनि एमसीसीलाई अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। नेता पौडेलका अनुसार संसदको दोस्रो बैठकले एमसीसी पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077