Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले एमसीसीमार्फत् जनतालाई ठग्न खोज्यो: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौताबारे टिप्पणी गर्दै यस सम्झौतामार्फत सरकारले नै जनतालाई ठग्न लागेको टिप्पणी गरेका छन् । आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो,' रावलले लेखेका छन्। एमसीसी महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तै भएको रावलको भनाइ छ। रावलले थप लेखेका छन्, 'यो महाकाली सन्धिको ’संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077