Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अख्तियारद्वारा पूर्वमन्त्री श्रेष्ठविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवं युवा तथा खेलकुद मन्त्रालयका पूर्वमन्त्री राम कुमार श्रेष्ठविरुद्ध करोडौंको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाल सरकारका पूर्वसचिव समेत रहेका श्रेष्ठले पदमा रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको अनुसन्धानमा खुलेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार पूर्वमन्त्री श्रेष्ठले आफूँ सार्वजनिक सेवा प्रवेश गर्दा पेस गरेको सम्पत्ति विवरण र पदबाट निस्कदाको सम्पत्ति विवरणमा ठूलै अन्तर देखिएको र उनको सम्पत्ति विवरणमा ४ करोड ३५ लाख २७ हजार ६६६ रकम गैरकानुनी देखिन आएको थियो।

श्रेष्ठलाई भ्रष्टाचार ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम ४ करोड ३५ लाख २७ हजार ६६६ बिगो मागदावी गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

साथै अख्तियारले श्रेष्ठसहित उनकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नाममा भएको स्रोत नखुलेको सम्पत्तिको पनि स्रोत खुलाउन माग गर्दै उनीहरुलाई विपक्षी बनाइ आरोपपत्र दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077