Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी सम्झाैता जनताप्रतिकाे धाेका र गद्दारी हो: भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले कुनै पनि सर्तमा एमसीसी अनुमोदन गर्न नहुनेमा अडान राखेका छन् ।

आइतबार संसदको पाँच मिनेटको समयमा नेता रावलले सम्झौतामा रहेका राष्ट्रहित विपरीतका बुँदा हटाउने वा संशोधन गर्नुपर्ने भन्दै व्याख्यात्मक टिप्पणीसहित घोषणा गरेर एमसीसी पारित गर्छु भन्नु राष्ट्रहितविपरीत रहेको दाबी गरे ।

रावलले एमसीसी सम्झाैता जनताप्रतिकाे धाेका र गद्दारी भएकाे समेत टिप्पणी गरे । एमालेले चर्काे नाराबाजी गरिरहँदा साेही पार्टीका सांसद रावलले भने एमसीसीमाथिकाे छलफलमा भाग लिएर दलकाे निर्णयमाथि चुनाैती दिएका थिए ।

अहिले नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077