काठमाडौँ । प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ ।
बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो।
साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।
त्यसअघि अर्थमन्त्री शर्माले एमसीसीबारे उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका थिए ।
एमसीसीबारे उठेको बहस, नेपाली जनताको चासो र चिन्ताबारे सरकारको ध्यानाकर्षण भएको मन्त्री शर्माको भनाइ छ।