Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन : श्रेष्ठ

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराईएको दावी गरेका छन् ।

एमसीसी संसदबाट अनुमोदन भए लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडेको आरोप लगाएका हुन् ।

उनले एमसीसी अनुमोदन भएको दिनलाई देशभक्त नेपाली जनताले कालो दिनको रुपमा लिने पनि बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘अन्तत ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे।आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं।’

आफ्नै पार्टीले निर्णय गरेर एमसीसी सम्झौता अनुमोदन भएपनि नेता श्रेष्ठले भने त्यसको विरोध गरेका हुन् । यद्यपी एमसीसीलाई राष्ट्रघाती भनेपनि आफ्नै पार्टीकै कारण एमसीसी अनुमोदन भएकोप्रति भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077