Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सिन्धुली बन्द गराउँदै हिँडेका १२ जना बन्दकर्ता पक्राउ

सिन्धुली । सिन्धुलीमा एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरेको बन्दको प्रभाव सामान्य देखिएको छ । यद्यपि सिन्धुलीमाडी बजार बन्द गराउँदै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एमसीसी अनुमोदनकोविरुद्ध सोमबार ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले आज नेपाल बन्द आह्वान गरेका हुन् ।उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा मदन भण्डारी राजमार्गअन्तर्गत मरिण गाउँपालिकामा रुख ढालेर सडक अवरोध गर्न खोज्ने तीन जनालगायत रहेका थिए।

सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित आइतबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई बहुमतले अनुमोदन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077