Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘हाम्रो नजर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । ‘भ्वाइस अफ नेपाल सिजन २’ को मञ्चबाट परिचित गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डोगा प्रोडक्सनको प्रस्तुति रहेको गीतमा तोरण थापा मगरको शब्द रहेको छ । गीतमा सुरेशकुमार क्षेत्रीले सङ्गीत दिएका छन्  । रेन तामाङले यस गीतलाई सङ््गीत संयोजन गरेका हुन् ।

‘हाम्रो नजर नजुधेको भए मिलन पनि हुँदैन थियो होला’, सँगै जिउने चाहना हाम्रो त्यसै बिलाई गयो, तिमीलाई दिएको बचन त्यसै हराई गयो’लगायत बोलका गीत यसमा समेटिएको छ ।

जापानको विभिन्न रमणीयस्थानमा छायाङ्कन गरिएको गीतको भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगरको अभिनय छ । भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र शुभेच्क्षा महर्जनको समेत अभिनय हेर्न सकिन्छ ।

गोविन्द विष्टले छायाङ्कन र सम्पादन गरेको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो । रमा राना मगर निर्मात्री रहेको भिडियोलाई ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077