Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘हाम्रो नजर’ म्युजिक भिडियो सार्वजनिक

    ‘हाम्रो नजर’ म्युजिक भिडियो सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । ‘भ्वाइस अफ नेपाल सिजन २’ को मञ्चबाट परिचित गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    डोगा प्रोडक्सनको प्रस्तुति रहेको गीतमा तोरण थापा मगरको शब्द रहेको छ । गीतमा सुरेशकुमार क्षेत्रीले सङ्गीत दिएका छन्  । रेन तामाङले यस गीतलाई सङ््गीत संयोजन गरेका हुन् ।



    ‘हाम्रो नजर नजुधेको भए मिलन पनि हुँदैन थियो होला’, सँगै जिउने चाहना हाम्रो त्यसै बिलाई गयो, तिमीलाई दिएको बचन त्यसै हराई गयो’लगायत बोलका गीत यसमा समेटिएको छ ।



    जापानको विभिन्न रमणीयस्थानमा छायाङ्कन गरिएको गीतको भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगरको अभिनय छ । भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र शुभेच्क्षा महर्जनको समेत अभिनय हेर्न सकिन्छ ।

    गोविन्द विष्टले छायाङ्कन र सम्पादन गरेको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो । रमा राना मगर निर्मात्री रहेको भिडियोलाई ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार