Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बुटवलमा बन्द गराउँदै हिँडेका १७ जना बन्दकर्ता पक्राउ

बुटवल । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) सम्झौता पारित भएको विरोधमा पाँच दलीय मोर्चाले गरेको बन्दका क्रममा बुटवलबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नेकपा क्रान्तिकारी माआोवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, विप्लव नेतृत्वको नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र बिक, पत्रकार समेत रहेका खोमा तरामु मगर रहेका छन्।

बुटवलका बिभिन्न स्थानहरुमा बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।

बन्दका कारण बुटवलसहित रुपन्देहीको जनजीवन प्रभावित भएको छ । राजमार्गमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन पनि अघिल्ला दिनको तुलनामा धेरै कम चलेका छन् ।

यस्तै, बन्दका कारण चितवन, सिन्धुली, मकवानपुरलगायत जिल्लाहरुको जनजीवन प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077