Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले नेपाली भूमि कुनै मित्रराष्ट्र विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाली भूमि कुनै मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको हो ।

सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध रहेको बताइएको छ ।

नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरुप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ ।

साथै सरकारले संसदबाट एमसीसी पारित गर्न मद्दत गर्ने सबैप्रति धन्यवाद दिएको छ । बैठकले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तरार्ष्ट्रिय संघ संस्थाहरुप्रति पनि आभार प्रकट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077