Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय

काठमाडौं । महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम लागू गरिएको छ ।

मंगलबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भिड बढ्ने हुँदा कोरोना संक्रमणबाट बच्न यस्तो नियम लागू गरिएको हो ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिए ।

पशुपति क्षेत्रमा दर्शनार्थीहरूको बाक्लो भिड बढेसँगै सुरक्षाकर्मी तथा स्वयम्सेवकसमेत सोमबार साँझ ५ बजेदेखि परिचालन गरिएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । त्यसैगरी मेला क्षेत्र र दर्शन मार्गमा सिसी क्यामरा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077