Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

केपी ओलीमा दिमागी समस्या छ, कम्युनिष्ट र देशभक्त त हुँदै होइनन्: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, 'केपी ओलीमा दिमागी समस्या छ, ओलीको दिमागी असन्तुलनकै कारण हाम्रो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएका छन्।'

कार्यक्रममा ओलीमा देश शक्तिको भावना नरहेको जिकिर गर्दै नेपालले दक्षिणपन्थको बाटो अँगालेको बताए । दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने नेपालको भनाइ छ ।

यस्तै, नेपालले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली आतङ्कित भएको बताए। आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्‍मा तमासा देखाउँदै आएको नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077