Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गृहमन्त्री खाँणले गरे पशुपतिनाथमा पूजा

काठमाडाैं । महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँण मंगलबार बिहान पशुपतिनाथ पुगेका थिए।

पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

भक्तजनका लागि तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो। आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने कोषले जनाएको छ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, पर्यटनमन्त्री प्रेम आलेलगायतले पूजा आराधना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077