Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • विचौलिया भट्टको चलखेलमा खरिद ऐन विपरित टेण्डर आह्वान, प्रधानमन्त्री पत्नि राणादेखि शिक्षा सचिव कोइरालसम्म सेटिङ

    विचौलिया भट्टको चलखेलमा खरिद ऐन विपरित टेण्डर आह्वान, प्रधानमन्त्री पत्नि राणादेखि शिक्षा सचिव कोइरालसम्म सेटिङ

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्रिय पुस्तकालयले जमलमा बनाउन लागेको पुस्तकालय भवन निर्माणको टेण्डरमा २० करोड भन्दा बढीको आर्थिक चलखेल भएको आशंका गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको पुस्तकालय भवनको टेन्डरमा लागत मूल्य ७० करोड राखिएको छ । जबकी उक्त भवन निर्माणका लागि स्वस्थ्य प्रतिस्पर्धा भएको खण्डमा ५० करोडमै बनाउन सकिने निर्माण व्यवसायीहरु बताउँछन् ।

    तर, मन्त्रालयले एउटा सिमित कम्पनीलाई टेण्डर दिनका लागि सेटिङमा उक्त बदनाम कम्पनीलाई मात्र अनुकूल हुनेगरी योग्यता र सर्त राखेर टेण्डर आब्हान गरेको छ । जुन सावजनिक खरिद ऐन नियम बिपरीत हो । खरिद ऐनअनुसार त्यसरी सर्त राख्न पाइँदैन ।



    २०७८ माघ १० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गरेको पुस्तकालय भवनको टेन्डरमा विवादिन निर्माण कम्पनी प्रतिष्ठा निर्माण सेवालाई दिनेगरी सेटिङ गरिएको प्रष्टसँग देखिएको छ ।



    मन्त्रालयले प्रकाशित गरेको टेन्डर सूचना अनुसार १० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको एउटा डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउनेगरी स्पेसिफिकेसन बनाइएको छ ।

    त्यस्तै २०७२ सालको भूकम्पमा राष्ट्रिय पुस्तकालयको पुल्चोकस्थित भवन भत्किएपछि टहरा बनाउनका लागि प्रतिष्ठा निर्माण सेवालाई दिइएको थियो, ती टहरा सबै पानी चुहिनेखालका बनाएको भए पनि स्पेकमा त्यो टहरा (ट्रष्ट) बनाएको हुनुपर्ने बुँदा पनि राखिएको छ । जसले प्रतिष्ठा निर्माण सेवालाई नै टेण्डर दिनेगरी उक्त बुँदा राखिएको प्रष्ट हुन्छ ।

    प्रतिष्ठा निर्माण सेवालाई अनुकुल हुने गरी स्पेसिफिकेसन बनाइएकोप्रति अन्य निर्माण कम्पनीले भने विरोध गरिरहेका छन् । सेटिङमा १० बर्षभित्र कम्तीमा प्रतिबेसमेन्ट १ हजार ३८५ स्क्वायर मिटर भएको डबल बेसमेन्ट तयार गरेको, ५ सय मिटर क्षमताको सभाहल निर्माण कार्य गरेको, अन्तर्राष्ट्रिय अभ्यासको पुस्तकालय भवन निर्माण गरेको, मन्दिर तथा पुरातत्व निर्माण तथा पुनःनिर्माण जस्ता काम गरिसकेको निर्माण कम्पनी मात्र सहभागी हुन पाउने प्राविधिक मापदण्डहरु राखेर प्रतिस्पर्धालाई खुम्च्याएको निर्माण ब्यवसायी महासंघका पदाधिकारीको गुनासो छ ।

    नेपालमा डबल बेसमेन्ट भवन निर्माणको अनुभव हासिल गरेका कम्पनीको संख्या सीमित छ, त्यसमाथि भवनको बेसमेन्ट निर्माणभित्र पनि साना–साना क्राइटेरिया तोकेर प्रतिस्पर्धा खुम्च्याइएको छ । टेन्डरको सूचनाअनुसार एउटै भवनमा प्रतिबेसमेन्ट १ हजार ३८५ वर्गमिटरमा ६०० एमएम मोटाइको १४ मिटर गहिरो पाइलिङ गरेको कम्पनी मात्रै यो ठेक्काको प्राविधिक मूल्यांकनमा पास हुनसक्छ ।

    त्यतिमात्रै नभएर डबल बेसमेन्टमा एम ३० र त्यसभन्दा माथिको क्रंक्रिटिङको विशेष अनुभव ४ हजार घनमिटर मागिएको छ । यसले एउटै भवनमा डबल बेसमेन्टमा मात्रै काम गरेको अनुभवले नहुने र क्रंक्रिटिङका ठूलो काम गरेको अनुभव पनि चाहिने छ ।

    प्रतिष्ठा निर्माण सेवाका संचालक ध्रुव रिजालले शिक्षा मन्त्रालयका सचिव यादव कोइरालासँग सेटिङ मिलाई आफू अनुकुल (स्पेक) बनाउन सफल भइसकेका छन् । प्रतिस्पर्धालाई सीमित गराउन र एउटा मात्रै कम्पनीलाई प्राविधिक मूल्यांकनमा पास गराउने पूर्वयोजना अनुरुप नै ठेक्का प्रकाशित गरिएको पुस्तकालय स्रोतको दावी छ ।

    जबकी प्रतिष्ठा निर्माण सेवा सेटिङ गर्दै ठेक्का लिने र २० देखि ३० प्रतिशतमा ठेक्का बेच्ने काममा विवादमा तानिएको कम्पनी हो । निर्माण कार्यका लागि आवश्यक पर्ने उपकरणहरु नै नभएको प्रतिष्ठा निर्माण सेवाको काम भनेको ठेक्का बेच्ने नै हो ।

    प्रतिष्ठा निर्माण सेवालाई टेण्डर मिलाउने काम भने बिचौलियाको उपमा पाएका रामचन्द्र भट्टले गरेका हुन् । टिम्बर कर्पोरेसन अफ नेपालका पूर्व महाप्रबन्धक समेत रहेका भट्टले प्रधानमन्त्री पत्नी डा. आरजु राणाको नाम बेचेर शिक्षा मन्त्रालयका सचिव यादव कोइराला र प्रतिष्ठा निर्माण सेवाका संचालक ध्रुव रिजालबीच सेटिङ मिलाएको स्रोतको दावी छ ।

    विचौलिया भट्ट सरुवा बढुवा, नियुक्तिदेखि ठेक्कापट्टामा समेत बालुवाटार सेटिङ गर्छु भन्दै ऐन कानुन बिपरीतका काम गराउँदैआएका व्यक्ति हुन् । सचिव कोइरालालाई पनि तिनै भट्टले नै पुस्तकालयको ठेक्का प्रतिष्ठा निर्माण सेवालाई नै दिनका लागि सेटिङ गराएको तथ्य खुलासा भएको छ ।

    प्रतिष्ठा निर्माण सेवाले लिएको ठेक्कामा कुनै पनि काम राम्रो भएको छैन । राष्ट्रिय पुस्तकालयको पुल्चोकस्थित भवन भत्किएपछि बनाइएको टहरा मात्रै नभई सेजको भवनमा पनि विवादमा तानिएको कम्पनी हो प्रतिष्ठा निर्माण सेवा । बिशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)ले बाराको सिमरामा संरचना निर्माणको ठेक्का प्रतिष्ठा निर्माण सेवालाई दिएको थियो । तर, प्रतिष्ठाले अर्कै कम्पनीलाई उक्त ठेक्का बेच्यो, प्रतिष्ठाले लिएको ठेक्का अर्कैले किनेर संरचना बनाउँदा गुणस्तरहीन भएकाले पाँचवटा पिलर नै भाँचिएका छन् । तर, सेजका सीईओ चण्डिकाप्रसाद भट्टले गुणस्तरहीन संरचना लाई गुपचुप राखी अर्को पिलर बनाउन लागाएका छन् ।

    गुणस्तरहिन कार्य गरेर पटक–पटक विवादमा तानिएको रिजालको कम्पनी प्रतिष्ठालाई राष्ट्रिय पुस्तकालयको ठेक्का दिलाउन बिचौलिया भट्टले नै सचिव कोइरालासँग सेटिङ मिलाएका हुन । ५० करोडमा नै निर्माण गर्न सकिने उक्त भवनका लागि ७० करोडमा टेण्डर आब्हान गरि २० करोडौको चलखेल गर्न लागेको प्रष्ट हुन्छ । सार्वजनिक खरिद ऐन विपरित टेण्डार आब्हान हुँदा समेत अहिलेसम्म सम्बन्धित निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनकि लेखा समितिलगायतले कुनै चासो देखाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार