Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाको कारण रुसले युक्रेनमा आक्रमण गरेको उत्तर कोरियाको दावी

एजेन्सी । संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाका राजदूतले युक्रेनमा रुसले गरेको आक्रमणको लागि अमेरिकालाई दोष दिएका छन् ।

यससँगै उनले वासिङ्टनको ‘आधिपत्यको नीति’ले अन्य देशको सुरक्षालाई पनि खतरामा पारेको बताए ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले संयुक्त राष्ट्र संघको महासभाको आपतकालीन सत्रमा किम सोङले यस्तो बताएका हुन् ।

मंगलबारको यस सत्रमा सोङले भने, 'अमेरिका र पश्चिमले रुसको सुरक्षाको ग्यारेन्टीको मागलाई बेवास्ता गरे । पूर्वमा विस्तार गर्न हतियार प्रणाली तैनाथ गर्ने नाटोको प्रयासको भागको रूपमा युरोपको सुरक्षा वातावरण व्यवस्थित रूपमा कमजोर बनाइएको थियो।

यसअघि फेब्रुअरी २८ मा उत्तर कोरियाको विदेश मन्त्रालयले रुस–युक्रेन विवादमा अमेरिकाको ‘आधिपत्य नीति’लाई दोष दिँदै एक विज्ञप्ति जारी गरेको थियो ।

उही समयमा, संयुक्त राष्ट्रका लागि दक्षिण कोरियाका राजदूत चो ह्युनले युक्रेन द्वन्द्व रुसको 'स्वयं चुनेको युद्ध' भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077